शुक्रबार, बैशाख १४, २०८१

कुकुरका लागि छुर्पी अमेरिका निर्यात

 

इलाम, १८ असोज । दूध प्रशोधनबाट बनाइने छुर्पी अमेरिका निर्यात हुन थालेपछि इलामका दूध उत्पादन गर्ने किसानले राम्रो मूल्य पाएका छन् ।
स्थानीय बजारमा प्रतिकिलो रु २०० मा बिक्री हुने गरेको छुर्पी अमेरिका निर्यात हुन थालेपछि प्रतिकिलो रु ५०० सम्म किसानले मूल्य पाउन थालेका हुन् । इलामलगायत पा“चथर, ताप्लेजुङ, धनकुटाबाट वार्षिक रु १२ करोडभन्दा बढीको छुर्पी अमेरिका निर्यात भएको छ । अन्य जिल्लाबाटभन्दा इलामबाट बढी छुर्पी निर्यात हुन्छ ।
churpi“नेपालमा उत्पादित छुर्पी अमेरिकामा कुकुरका लागि उपयुक्त आहार हुँदोरहेछ, त्यही भएर अमेरिका निर्यात बढेको हो”, छुर्पी सङ्कलक रूपनारायण दाहालले भने । उनले काठमाडौँको मनराम हिमालय एन्डिग्राफमार्फत अमेरिकामा रहेको हिमालयन डग क्यू कम्पनीमा छुर्पी जाने गरेको समेत बताए । अहिले पूर्वका छ÷सात जिल्लाबाट वार्षिक दुई लाख ५० हजार किलो छुर्पी अमेरिका निर्यात हुने गरेको छ । “मागअनुसार पु¥याउन सकिएको छैन, दाहालले भने, “वार्षिक रूपमा छ लाख किलोभन्दा धेरै माग छ ।”

प्रकाशित मिति: शनिबार, अशोज १८, २०७१