शुक्रबार, बैशाख २१, २०८१

जिँउदो माछाको माग अत्यधिक

fish

काठमाडौं, १७ असोज । गतबर्षको तुलनामा यो बर्ष दशै पर्वको अवसरमा माछा उपभोक्ताहरुले अत्यधिक रुपमा जिउँदो माछा खरिद गरेका छन् । मृत माछा भन्दा जिउँदो माछा गुणस्तरीय हुने भन्दै माछा पसलहरुमा जिउँदो माछा उपभोक्ताहरुले बढी खोजेको बताइएको छ ।
गतबर्षको दशैंमा करीव २० टन भन्दा बढी विक्री नभएको जिउँदो माछा यो बर्ष विहीबार बेलुकासम्म करीव ७० टन विक्री भईसकेको मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले कृषि अनलाईनलाई बताएका छन् ।
शाहका अनुसार उपत्यकामा उपभोक्ताहरुको माग अनुरुप भित्रिने जिउँदो माछामा ८० प्रतिशत बाराबाट भित्रिने देखिएको छ भने २० प्रतिशत चितवनको जिउँदो माछा भित्रिने गरेको बताएका छन् ।
उपभोक्ताहरुको मागलाई दृष्टिगत गरी मत्स्य व्यवसायी संघको पहलमा काठमाडौं उपत्यकाभित्र मात्र ५२ स्थानमा जिउँदो माछा विक्री केन्द्रहरु स्थापना भईसकेको समेत अध्यक्ष साहले बताए । आज टिकाको दिन विहान सवेरैपनि जिउँदो माछा किन्न आउने ग्राहकहरुका पनि माछा पसलमा भीड नै भएको साहले बताए ।

प्रकाशित मिति: शुक्रबार, अशोज १७, २०७१