शनिबार, बैशाख ८, २०८१

टिकाको साईत १०:१५ मा, दशैंको सवैमा शुभकामना

Dashain-tika
काठमाडौं, १७ असोज । हिन्दुहरुको महान चाड विजया दशमी देवी दुर्गाको टिका तथा जमरा लगाई भव्य रुपमा मनाईदैछ । किसानहरुले नै उत्पादन गरेको चामल, दही सहितको रातो टिकासँग जमरा लगाएर विजया दशमी मनाउने परम्परा छ । घटस्थापना दिन राखिएको जमरा आज दशमीको दिने विशेष पूजा अर्चना गरी आफ्ना घरमा रहेका ठूला बडा तथा मान्यजनको हातबात टिका तथा जमरा लगाएर आर्शिवाद लिने चलन रहेको छ ।
विजया दशमी २०७१ अर्थात आजको दशैंको टिकाको उत्तम साइत विहान १०: १५ बजेका लागि रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ । भने आजको साईत रातीसम्मै रहेको समेत जनाएको छ । बिजया दशमी २०७१ को पावन र विशेष दिन कृषि अनलाईन परिवार स्वेदश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरु, नेपालका कृषि कर्ममै लागिरहनु भएका किसान दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।

प्रकाशित मिति: शुक्रबार, अशोज १७, २०७१