शनिबार, बैशाख १५, २०८१

अनुदानपछि कृषिमा उद्यमी आकर्षित

विराटनगर, १७ असोज । मोरङमा ठूला उद्योगपति पनि क्रमशः कृषि क्षेत्रमा प्रवेश गर्न थालेका छन् । उद्योगीले करोडौँको लगानीमा माछा, गाई, भैंसी, बङ्गुर, कुखुरा र तरकारी खेती सुरु गरेका हुन् । कृषि क्षेत्रमा सरकारले अनुदान दिन सुरु गरेस“गै मोरङ जिल्लामा  कृषि उद्योगीको संख्या वृद्धि भई लगानी बढ्दै गएको छ । सूर्य एग्रीकल्चर कृषि फार्म सञ्चालक मोरङ हसन्दहकी बबुल थापाले विराटनगर–६ मा होटल सञ्चालन गर्दै आएपनि  अहिले कृषि क्षेत्रमा पनि लगानी गर्नुभएको छ । उनले हसन्दह–४ मा आफ्नै २ बिघा क्षेत्रफलमा ६ वटा माछा पोखरी सञ्चालनमा ल्याएकी छिन् ।
महिलाले पनि आर्थिक उन्नतिका लागि केही गर्न सक्छन् भन्ने उद्देश्य राखेर आफूले यो व्यवसायमा लागेको  उहाँले बताउनुभयो । यो व्यवसाय गर्न उनलाई परिवारका सदस्यले समेत सहयोग गरेका छन् । विगत २ वर्षअघि मात्र सुरु माछापोखरीबाट अहिले राम्रै आम्दानी लिन थालेको बताउनुहुन्छ ।  सरकारले आर्थिक वर्ष २०७१÷७२ को बजेटमा कृषि विकास बैक र वाणिज्य बैक मार्फत ऋण उपलब्ध गराएको घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १७, २०७१