मङ्लबार, बैशाख २५, २०८१

सङ्क्रमणकाल लम्ब्याउनु हुँदैन–कृषिमन्त्री

रत्चतवन, १७ असोज । कृषिमन्त्री हरि पराजुलीले मुलुकको सङ्क्रमणकाललाई लम्ब्याउन नहुने बताउनुभएको छ ।दसैँको टीकाका लागि गृह जिल्ला आउनुभएका उहाँले आज चितवनमा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।उहाँले विगतका सहमतिअनुसार दलहरू अघि बढ्नुपर्ने बताउनुभयो । अधिकतम् लचकताका साथ सहमतिको प्रयास गरिने उल्लेख गर्नुभयो । पराजुलीले मुलुकका कृषिको विकास अपरिहार्य भएको भन्दै संविधान जारी नहुँदा धेरै विकासका कार्यक्रममा अवरोध पुगेको बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, अशोज १७, २०७१