शनिबार, बैशाख ८, २०८१

फलफूलको कारोबार बढ्यो

falful

वीरगन्ज, १७ असोज । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै वीरगन्जमा ठूलो परिमाणमा फलपूmलको कारोबार भइरहेको छ ।

बडादसैँमा मा“ भगवतीको पूजाका लागि चढाउन तथा खान र कोसली लानका लागि फलफूलको बिक्री बढ्न थालेपछि यसको कारोबारमा उच्च वृद्धि भएको हो ।
अन्य दिनको तुलनामा दसैँको बेलामा फलपूmलको माग ३० देखि ४० प्रतिशत बढी हुन्छ, नेपाल तरकारी तथा फलपूmल व्यवसायी सङ्घका विजय साहले भन्नुभयो, “यतिबेला वीरगन्ज बजारमा दैनिक झन्डै ४÷५ गाडी फलपूmल भित्रिने गरेका छन् । दसैँमा स्याउ, केरा र मौसमको बिक्री बढी हुने गरेको छ ।
फलपूmलको कारोबारमा आएको वृद्धिसँगै यसको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष दर्जनको रु ३०÷३५ सम्म पर्ने केराको मूल्य यस वर्ष रु ४०÷५० सम्म तिर्नुपरेको छ । त्यस्तै गत वर्ष प्रतिकिलो रु ९०÷१०० सम्म पर्ने स्याउ यस वर्ष रु १२० देखि १८० सम्म तिर्नुपरेको छ । फलपूmलको बढ्दोे माग धान्ने गरी आपूर्ति हुन नसकेपछि मूल्य बढेको सम्बद्ध व्यवसायीहरू बताउ“छन् ।
बारा र पर्सामा केराबाहेक अन्य फलपूmलको उत्पादन हुने गरेको छैन, स्थानीय मीनाबजारका फलपूmल व्यवसायी जनक साहले भन्नुभयो, “नेपालको अन्य जिल्ला तथा भारतबाट ती फलपूmल ल्याउनुपर्दा यसको मूल्य आकासिएको हो ।

प्रकाशित मिति: शुक्रबार, अशोज १७, २०७१