मङ्लबार, बैशाख २५, २०८१

फूलको मूल्य तीन गुणा बढी

काठमाडौं, १५ असोज । आज वडा दशमीको सातौ दिन अर्थात फूलपाती । फूलपाती भित्र्याउने तयारी गरिरहेका आम हिन्दू धर्मालम्वीहरु फूलपातीका लागि बजारमा पुष्प लगायत आवश्यव बस्तुहरु खरिद गर्न पुगेका देखिन्छन् । फूलपातीका लागि आवश्यक पुष्प जन्य वस्तुहरुको मूल्य अत्यन्तै चर्को हुन थालेको छ ।
विशेष गरी देवीका मन्दिरका छेउछाउ नक्साल भगवती, शोभा भगवती, दक्षिणकाली, पलाञ्चोक, भद्रकाली मात्र होइन पशुपति गुह्ेशवरी लगायतका मठ मन्दिरमा पुष्ष व्यवासायीहरुले चर्को मूल्यमा फूलगुच्छाहरु विक्री गरिरहेका छन् ।
मन्दिरमा चढाउनका लागि भन्दा पनि फूलपाती भित्र्याउनका लागि केराको पात, उखु, अशोकको फूल, दारिमको बोट, अदुवाको बोट , पलाँसको फूल लगायतका बस्तुहरु प्रयोग गरिने भएको भएपनि प्राप्त भएकाहरुलाई नै राखेर फूलपाती भित्र्याउन तयार गरेकाहरुले चर्को मूल्यमा पुष्प खरिद गर्नु पर्ने वाध्यता रहेको छ । नक्साल भगवती बहालमा मन्दिरको छेउमा पुष्प व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीका अनुसार अरु बेलामा १० रुपैयाँ पर्ने पुष्प गुच्छा नवरात्रीभर कम्तिमा ३५ देखि ४५ रुपैयाँसम्म विक्री गर्ने गरेको बताउँछन् । दशैंमा धेरै विक्ने भएकाले फूलहरु पनि कम भएकाले चर्को मूल्य बेच्नु परेको उनी बताउँछन् ।

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७१