शुक्रबार, बैशाख १४, २०८१

खसी वोका बेच्ने सरकारी संस्थान रित्तो

khadya

काठमाडौं, १५ असोज । सरकारले दशैंमा उपभोक्ताहरुलाई खसी वोका सहज रुपमा खरिद गर्नका लागि खाद्य संस्थानको डिपो मार्फत खसी वोका विक्री गर्ने भनेको भएता पनि फूलपातीको दिन नै विहान सवेरै देखि थापाथली पुगेका उपभोक्ताहरु रित्तै फर्कनु परेको छ । सस्तो मूल्यमा खसी वोका पाइने आशामा थापाथली गोदाम पुगेकाहरुले रित्तो गोठ देखि पनि निराश भएर फर्किएका थिए । हिजो नै विहानै देखिएको रित्तिएको थापाथलीमा रहेका खसी वोका राख्ने गोठ रित्तो भएकै कारण हिजो नै थापाथली पुगेका उपभोक्ताहरु रित्तो हात फर्कनु परेको थियो ।
व्यवस्थापकीय कमजोरीका कारण पर्याप्त मात्रामा खसी ल्याउन नसक्दा सरकारले सस्तोमा विक्री गर्ने खसी वोकाहरु खाद्य संस्थानमा नै पुग्न नसकेको बताएको छ । खाद्य संस्थानका लागि ल्याएका खसी वोकाहरु संस्थानका कर्मचारीहरुको मिलेमतोमा विचौलियाले किनेर चर्को मूल्यमा खसी बजारमा लगेर बेचेको समेत आरोप लागेको छ ।
आखिर किन सरकारले खसी वोका पर्याप्त ल्याउने व्यवस्था गर्न सकने ? खाद्य संस्थान यो विषयमा किन चुक्यो ? प्रर्दशनी मार्गमा, कालीमाटी, कलंकी खसीबजार, लगनगेल, बल्खु लगायतका ठाउँमा प्रशस्त खसी वोका भएपनि खाद्य संस्थानमा नहुनुको रहस्या खोजिको विषय बनेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७१