शनिबार, बैशाख २२, २०८१

च्याङ्ग्राको मूल्य खसीभन्दा महँगो

भक्तपुर, १५ असोज । दसँैको लागि चीनको तिब्बत र मुस्ताङबाट एक हजार ३०० च्याङ्ग्रा भक्तपुरको सल्लाघारी ल्याइएको छ । गत वर्षभन्दा तीन गुणा कम भेडा—च्याङ्ग्रा आएपछि यस वर्ष खसीभन्दा च्याङ्ग्रा निकै महँगो भएको छ । चीनको तिब्बत र मुस्ताङमै भेडा—च्याङ्ग्रा महँगो भएकाले यस वर्ष यहाँ ल्याई पु¥याएको च्याङ्ग्राको मूल्य पनि महँगो भएको व्यापारी सुनिल तुलाधारले बताउनुभयो । तुलाधारले भन्नुभयो–“सल्लाघारी ल्याइपु¥याएको च्याङ्ग्रा यस वर्ष महँगो भएको छ, तिब्बत र मुस्ताङमै महँगो भएकाले यहाँ पनि महँगो भएको हो ।” यस वर्ष सल्लाघारीमा जिउँदो खसी प्रतिकिलो रु ४५० मा बिक्री भइरहेको छ भने च्याङ्ग्रा प्रतिकिलो रु ६०० मा बिक्री भइरहेको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७१