बिहिबार, बैशाख १३, २०८१

पशुबलि निषेध गर्न आग्रह गर्दै सचेतना ¥याली

धनगढी, १४ असोज । देवीदेवताका लागि भन्दै दिइने पशु बलिको परम्परालाई रोक्न आज यहाँ अहिंसा पदयात्रा निकालिएको छ ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीको आयोजनामा स्थानीय ट्राफिक चोकबाट सुरु भएको अहिंसा पदयात्रा बजारका मुख्य भाग हुँदै पार्कमोडमा पुगेर समापन गरिएको थियो ।

सो अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढी शाखाकी प्रमुख ब्रह्मकुमारी हीरा दिदीले हिंसाले मानवको सोच्न सक्ने शक्ति क्षण भएर जाने उल्लेख गर्दै पशु बलिभन्दा मानवभित्र रहेका विकृति विसङ्गतिको बलि दिन आग्रह गर्नुभयो ।
‘निर्दोष प्राणीको बलि नदिऔँ, विकार र विकृतिको बलि दिआँँैं’ भन्ने मूल नाराका साथ सुरु भएको पदयात्राका सहभागीले हिंसा त्यागाँैं, साकाहारी भोजन खाऔँ, निरोगी बनौँ भन्ने सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेपाली समाजमा खास गरी बडादसँैको अष्टमीका दिन जताततै पशु बलि दिने परम्परा रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज १४, २०७१