बिहिबार, बैशाख २०, २०८१

महेश बस्नेत प्राथमिकता १ अर्वको तरकारी बजार ?

mahes basnet

काठमाडौं, ३ असोज । सरकारी सुविधा विदेश नजाने अनावश्यक सरकारी खर्च आफूले नगर्ने प्रतिवद्धता व्यक्त गरेका नवनियुक्त उद्योग मन्त्री महेश बस्नेतले भक्तपुरमा १ अर्वको लागतमा तरकारी बजार खोल्ने बताउनु भएको छ ।
तरकारी उत्पादनको राजधानी नै मानिएको भक्तपुरमा बजार खोलेर किसान र उपभोक्ताहरुलाई एकै थलोमा सहज रुपमा व्यवसाय र खरिद गर्नका लागि पनि त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएको छ ।
पछिल्लो समयमा काँठ क्षेत्रमा अत्यधिक रुपमा व्यवसायिक रुपमा कृषि उत्पादन हुने गरेको भएपनि त्यसले बजारीकरणको सुविधा पाउन सकेको थिएन । उद्योग मन्त्रीले भक्तपुरका तरकारी बजार खोल्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएपछि किसानहरु हर्षित बनेका छन् । भक्तपुरमा नै जन्मिएका महेश बस्नेतले भक्तपुरमा सो तरकारी बजार खोल्न पहल गरे काँठ क्षेत्रका मन्त्री सँधै काँठ कै पक्षमा भएको पुष्टि हुने समेत काँठका किसानहरुले चर्चा गर्न थालेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३, २०७१