शुक्रबार, बैशाख ७, २०८१

स्थानीय निकायको १५ प्रतिशत हट्दै ?

काठमाडौं, ३ असोज । जिल्ला विकास समिति मार्फत गाविसबाट खर्च गरिने स्थानीय निकायको कूल बजेटको १५ प्रतिशत कृषिमा लगानी गर्नु पर्ने भएको भएपनि हालसम्म त्यसो हुन सकिरहेका छैन । स्थानीय विकास मन्त्रालयले कृषिको विकासका लागि चासो दिन नसक्दा यो अवस्था आएको छ ।
मुलुकभरका जिल्ला विकास समिति मार्फत १५ प्रतिशत रकम कृषिमा लगानी गर्नु पर्ने नियम भएको भएपनि त्यो गर्न नसक्दा अधिकांश कृषिको बजेट अन्यत्र खर्च भएको पाइएको छ ।
अझ स्थानीय विकास मन्त्रालयका योजना महाशाखाले त यो बर्ष कृषिका लागि विगत बर्षमा छुट्याएको १५ प्रतिशत रकम नै हटाउन लागको स्रोतले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३, २०७१