शनिबार, बैशाख २२, २०८१

किसानको आन्दोलन जारी

रौतहट, १ असोज । रौतहटका उद्योगले किसानमाथि गरेको ज्यादती विरुद्धको आन्दोनल तीन सातादे िखजारी छ । साउन २९ दिन बाढीको मौका छोपी रौतहटका श्रीराम सुगर मिल गरुडा, बाबा डिस्ट्रिलरी विर्ता र ज्योति डिस्ट्रिलरी पिपरा पोखरियाले आफू भण्डार गरिराखेको विषादी युक्त पानी बाढीमा मिसाएपछि रौतहटको दक्षिणी भेगका करिव ६० हजार विघा जग्गामा लगाएको धानबाली नष्ट हुँदा उत्पन्न भएको समस्यालाई स्थानीय प्रशासन तथा सम्वन्धित निकायले कारवाही नगरेकाले रौतहटका पीडित किसानले आन्दोलनका थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटलाई आफ्ना मागसहितको ज्ञापनपत्र बुझाउँदै आन्दोनल शुरुआत भएको हो । किसानको आन्दोनल चक्का जाम, नगर परिक्रमा, रिले अनसन गर्दै केन्द्रियस्तरमा समेत किसानमारा उद्योगलाई कारवार्ही गर्न तथा आफ्ना मागको सम्वोधन गनै भन्दै रिले अनसनमा बसिरहेको समाचार आजको राजधानीले छापेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १, २०७१