बिहिबार, बैशाख १३, २०८१

दशैमा खसीको मासुको मूल्य नबढ्ने

हेटौडा, १ असोज । दशैको अवसरमा खसीको मासुको मूल्य नबढ्ने भएको छ । दशै लक्षित गरेर विगतका बर्षमा खसीको मासुमा मूल्य बढाएर पनि यस पटक भने यथावत रहने भएको छ । माछा मासु व्यवसायी संघ मकवानपुरकोकेही समयदिन अघि बसेको वैठकले दशैमा खसीको मासुको मूल्य नबढाउने निर्णय गरेको जनाएको छ ।
उपभोक्ता सेवा सुविधालाई दृष्टिगत गरी संघले खसीको मासुको मूल्य बृद्धि नगर्ने निर्णय गरेको संघका महासचिव नारायण राजथलाले जानकारी दिए । राजथलाले जिल्लाबाटै उत्पादन भएका खसीले उपभोक्ताको माग नधाने बताए । अन्य जिल्लाबाट खसी ल्याएर पनि मासुको मूल्यमा बृद्धि नहुने उनले बताए ।
विगतका बाषर््मा उपभोक्ताल देशैमा खसीका मासुमा मूल्य दोब्वरसम्म तिर्न पर्ने वाध्यता रहेको थियो । तर, उपभोक्ताले यस पटक पहिलेकै मूल्यमा खसीको मासु पाउने भएका छन् । संघले दिएको जानकारी अनुसार अघिल्लो दशैंमा कायम भएको खसीको मासुको मूल्य यस पटकको दशैंमा पनि कायम रहने देखिएको छ । गत बर्ष खसीको मासु वोसोसहित छ सय ५० र बोसोरहित मासु ७ सय कायम भएको राजथलाको भनाई उदृत गर्दै राजधानीले लेखेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १, २०७१