सोमवार, बैशाख २४, २०८१

डढुवा रोगबाट किसान चिन्तित

कपिलबस्तु, असोज १ । समयमा बर्षा नभई ढिलो धान रोपाईं गरेका कपिलबस्तुका किसानहरु धानमा डढुवा रोग लागेपछि चिन्तित बनेका छन् । जिल्लाको कोपवा, हथौसा, पकडी,बुडडी, कपिलबस्तु नगरपालिकामा धान बालीमा यो रोग देखिएको कृषि कार्यालयल कपिलवस्तुले जनाएको छ ।
समयमा बर्षा भएन, ढिलो धान रोपाईं गरियो अव राम्रो होला भन्दा पसाउने बेलामा धानमा रोग लाग्यो पकडीका किसान सन्नती यादवले बताईन् । धानको पातमा व्याक्टेरियाबाट हुने सो डडेलो रोगले धानको पातको छेउबाट विस्तारै सक्दै जाने र धानको गुवालाई असर गर्ने जिल्ला कृषि कार्यालयका बाली संरक्षण अधिकृत जमाल खाँले बताउनु भयो । रोग लागेका स्थानहरुमा यतिखेर बिषादी छर्ने काम भईरहेको पनि उहाँले बताउनु भयो । कृषकहरुले बालीमा रोग लागेको जानकारी गराउँदा साथ कार्यालयबाट जुनसुकै समयमा पनि स्थलगत रुपमा नै गएर सेवा दिने गरेको कृषि विकास कार्यालयका प्रमुख खर्सेद अहमद खाँले जनाउनु भयो । धानमा लागेको रोगलाई अहिले परिरहेको बर्षाले फाइदा पु¥याएको प्रमुख खाँको भनाई छ ।

प्रकाशित मिति: बुधबार, अशोज १, २०७१