शनिबार, बैशाख १५, २०८१

कृषि सडकको रकम दुरुपयोग

Jivan raj shresth dolidafकाठमार्डा्ैं, २८ भाद्र । कृषि क्षेत्रको व्यवसायिकरणका लागि राज्यले महत्वपूर्ण भूमिका खेलिरहेका बेला बजारीकरणका लागि अत्यन्त आवश्यक मानिएको कृषि सडकको रकम दुरुपयोग हुँदा किसानहरु मर्कामा परेका छन् । किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई बजारीकरण गर्न सहज होस् भन्ने हेतुले कृषि सडकका लागि छुट्याईएको करोडौं रुपैयाँ हिनामिना भएको छ ।
गत आर्थिक बर्षमा कृषि सडकका नामा विनियोजित बजेट अन्यत्र खर्च गरेर बजेट दुरुपयोग गरिएको देखिएको छ । कृषि सडक निर्माणका लागि स्थानीय विकास मन्त्रालय मातहत रहेको डोलिडारले गर्दै आईरहेको छ । डोलिडारले गरेको खर्च पारदर्शि नभएको र कृषि सडकको रकम अन्यत्र खर्च गरिएको भेटिएको छ ।
डोलिडार भित्रको आर्थिक अनियमितताका कारण स्थानीय विकास मन्त्रालय मातहतको यो आयोजनाले वदनाम कमाउँदै गईरहेको छ । कृषि सडकको रकम दुरुपयोग गरिएको विषयमा डोलिडारका प्रमुख जीवनकुमकार श्रेष्ठसँग कुरा गर्ने कृषिको प्रयास असफल भएको छ । यस बिषयमा कुराकानी गर्नका लागि डोलिडार प्रमुख सम्पर्कमा रहन चाहेनन् । कृषि सडकका नाम छुट्याएको बजेट दुरुपयोग हुनुमा डोलिडार प्रमुखको समेत संलग्नत रहेको त्यही भित्रका कर्मचारीहरुले बताउन थालेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७१