शनिबार, बैशाख ८, २०८१

जिल्ला कृषि कार्यालय प्रमुखहरुको व्यापक सरुवा

ministry agricultue

काठमाडौं,२९ भाद्र । सवैको छायामा परेको कृषि क्षेत्र यतिखेर चर्चा र बहसको विषयमा मात्र बनेको छैन कृषि विकास मन्त्रालयमा चहलपहल बढ्न थालेको छ । विगतमा हुने चहलपहल र अहिले भईरहेको चहलपहल फरक देखिन्छ । कृषि विकास मन्त्रालय मातहतका कार्यालयमा भएको सरुवाले यतिखेर चर्चा बटुल्न सफल भएको छ । सरुवाको महिना भएपनि जसरी पारदर्शि ढंगबाट हुनु पर्ने थियो त्यो नभएकै कारण जिल्लाका कृषि कार्यालय प्रमुखहरु मन्त्रालयमा नै देखिन्छन् । आफू सरुवा भईसकेको र शुक्रबार पत्र हात पार्ने आशाले आएका एक जिल्लाका कृषि कार्यालय प्रमुखले बेलुका पाँच बजेसम्म पनि पत्र नपाउने भएपछि फर्कनुको विकल्प नरहेको भन्दै आईतबार आइ पत्र बुझ्ने भन्दै हिंडेका थिए ।
यसपटक कृषि विकास मन्त्रालयको सरुवामा राजनीतिक हस्तक्षेपमात्र होइन आर्थिक चलखेल पनि भएकाले सरुवा भईसकेका व्यक्तिले समेत मन्त्रालयबाट थाहा पाउनु पर्ने सूचना बाहिरबाटै जानकारी पाएकाले आफू मन्त्रालय आएको उनले बताए । सम्वन्धित मन्त्रालयको कर्मचारी भएर पनि सरुवाको सूचना अन्तैबाट पाउनु पर्ने भएपछि के काम लाग्यो र उनले रुष्टता पोखे । सरुवाका लागि आर्थिक लेनदेन समेत भएकाले यसलाई गोप्यतका साथ गरिएको जिल्लाका प्रमुखहरुको आरोप छ ।
कृषि विकास मन्त्रालयको विगतका बर्षहरुमा हुने सरुवामा यस्तो हुने नगरेको भन्दै यो बर्ष अत्यन्तै अपारदर्शिता ढंगबाट कर्मचारीहरुको सरुवा भएको उनीहरुले आरोप समेत लगाए । सरुवा एउटा प्रक्रिया भएकाले प्रक्रिया संगत किसिमले हुनु पर्ने भएको भएपनि त्यसो हुन नसकेको उनीहरुको भनाई छ । यो पटक कृषि विकास मन्त्रालयले गर्न लागेको सरुवाबाट धेरै कर्मचारीहरु सन्तुष्ट हुन सक्ने देखिएको छैन । कर्मचारीहरुको हित र प्रक्रियालाई भन्दा पनि व्यक्तिगत स्वार्थ र राजनीतिक आस्थाका आधारमा सरुवालाई महत्व दिएको कर्मचारीहरुको भनाई रहेको छ । सरुवाका लागि कर्मचारीको बर्षभरीको कार्य क्षमतालाई समेत केही आधार बनाएर नियमअनुरुप गर्नु पर्ने भएपछि त्यसो नभएको आरोप लाग्न थालेको छ ।
आरोप लगाउनेहरु भन्छन् सरुवा लिष्ट मन्त्रीको सचिवालयबाट सम्पन्न हुने गरेको छ । यहि नियतिले अगाडि बढ्ने प्रयास यदि गरियो भने कृषि विकास मन्त्रालय उँधोगतितिर लाग्ने संकेत देखिएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७१