बिहिबार, चैत्र १५, २०८०

कृषि पेसा निर्वाहमुखी नभई व्यावसायिक हुनुपर्ने कृषिमन्त्रीको जोड

खजुरा (बाँके), २८ भदौ । कृषि मन्त्री हरि पराजुलीले अबको कृषि पेसा निर्वाहमुखी नभई व्यावसायिक हुनुपर्ने बताउनुभएको छ । हिजो देखि कोहलपुरमा सुरु भएको जेसिज क्षेत्रीय घ सम्मेलनको उद्घाटन गर्दै कृषिमन्त्री पराजुलीले कृषिमा लाग्ने युवालाई प्रोत्साहन र सहयोग गर्न सरकार तयार रहेको उद्घोष गर्नुभयोे । व्यावसायिक कृषि खेतीमा लाग्ने युवाका लागि लगानी, बजार, वितरण र सम्भावनाको खोजी गर्न सरकार तत्पर रहेको बताउँदै उहाँले कृषिको व्यवसायीकरणमा युवाको खाँचो रहेको आँैल्याउनुभयो । अहिलेको बजेट भाषणमा सरकारले कृषकलाई आधुनिकीकरण र व्यावसायिक बनाउन भारत र चीनबाट ट्याक्टर खरिदमा राजस्व मिनाह गरिएको बताउनुभयो । दुई दिनसम्म चल्ने जेसिज सम्मेलनमा अध्यक्ष सुशीलबावु श्रेष्ठ, क्षेत्रीय घ सम्मेलनका सभापति अर्जुनप्रसाद चापागाईंले जेसिजले युवामा सकारात्मक सोच र व्यक्तिगत विकासमा जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७१