आइतवार, बैशाख १६, २०८१

मलमा अनुदान ! भयो त सुदपयोग ?

copost fartiizer

काठमाडौं, २३ भाद्र । किसानहरुले मल पाएनन् भन्ने समाचारले केही स्थान पाउँछ । त्यही किसानलाई मलको सहजता होस् भन्ने सोचले सरकारले अनुदान दिने गरेको छ । सरकारले दिएको त्यो अनुदान कहाँ जान्छ र कसरी जान्छ भन्ने कुरा बाहिर आउन सकेको छैनन् । सरकारले मल बीउ जस्ता बस्तुहरुमा अनुदान दिएर किसानलाई सस्तोमा उपलब्ध गराउन खोज्नु राम्रो कुरा हो । सरकारले ल्याएको यस्ता राहतको प्याकेज वास्तविक किसानले पाएका छन् कि छैनन् त ? अनुगमन गर्ने काम भयो त ? पक्कै पनि यस्ता बिषयले जुन रुपमा प्राथमिकता पाउनु पर्दथ्यो त्यो भएको छैन ।
यतिखेर चर्चाको बिषय बनेको छ । सरकारले प्रांगारिक मल उत्पादनका लागि अनुदान दिने कुरा । विगतका बर्षहरुमा पनि मल उत्पादनका लागि मल उत्पादन कम्पनीहरुले अनुदान लिए । तर त्यो अनुदानको सहि सदुपयोग भएको छ कि छैन भन्ने कुरा भने अन्योलमा नै छ । सरकारले प्रांगारिक मल उत्पादन गर्ने कारखानाहरुलाई आवश्यक पर्ने मेशिन औजार खरिद गर्नका लागि अनुदानको व्यवस्था गरेको भएपनि कागजी रुपमा मात्र त्यसले साकार रुप पाएको छ । व्यवहारमा भने त्यसको सदुपयोग भएको छैन भन्ने निक्र्योल निकाल्न सकिने देखिएको छ ।
सरकारले मल उत्पादनका लागि अनुदान दिएर प्रांगारिक मलको प्रवद्र्धन गर्ने र रासायनिक मलको आयातलाई केही मात्रामा भएपनि न्यूनिकरण गर्ने अभियानमा लागेको छ । तर सरकारले अनुदान दिएर मल उत्पादन गर्न खोजेको भएपनि उत्पादनकर्ताहरु सकेसम्म उत्पादित मल समेत सरकारले नै किनिदियोस् भन्दै राजनीतिक दलका नेताहरुको ढोका ढकढक्याउन पुगेका छन् । यसले के प्रष्ट पार्दछ भने काम होस् वा नहोस् गुणस्तरीय मल उत्पादन होस् नहोस् उत्पादनका लागि पनि सरकारले नै बजेट उपलब्ध गराओस् । खरिद गर्ने काम पनि सरकारले नै गरिदिओस् भन्ने सोचले अगाडि बढेको देखिन्छ ।
कृषि विकास मन्त्रालयबाट प्रांगारिक मल उत्पादनका नाममा लिएको अनुदानको सदुपयोग हुन सकेको छैन । गुणस्तरीय मल उत्पादनका लागि पनि उत्पादनकर्ताहरु नलागिरहेकोले कृषि विकास मन्त्रालयले अनुदान दिएका उत्पादनकर्ताहरुको अनुगमन र गुणस्तरमा ध्यान नदिने हो भने नेपाली प्रांगारिक मल उत्पादन केवल माटो विक्री गर्ने काम मात्र हुने छ । साथै प्रांगारिक कृषि उत्पादनमा सरकारले दिएको जोड हातमा लाग्यो शुन्य भने जस्तै हुने संकेत देखिएकाले । सरकारी अनुदानको सहि सदुपयोग गराउन र सदुपयोग नगर्नेलाई कार्वाही गर्ने हिम्मत गर्नु पर्दछ ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७१