शुक्रबार, चैत्र १६, २०८०

महंगीले नर्सरी व्यवसाय गर्न गाह्रो

– अन्मेश श्रेष्ठ
काठमाडौ, २३ भाद्र । फूल सवैका लागि महत्वपूर्ण, शान्तिको प्रतिककमा रुपमा लिने फूल जन्म होस् वा मृत्यु वा कुनै स्वागतका लागि पछिल्लो समयमा यसको महत्व बढ्दै गईरहेको छ । विवाहको पार्टीदेखि श्रद्धाञ्जली व्यक्त गर्न समेत फूलका थुङ्गाले आफ्नो महत्वलाई प्रगाढ बनाउँदै लगेको छ ।
यही महत्वसँगसँगै शहरी क्षेत्रमा नर्सरी व्यवसाय गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । तर त्यसले कत्तिको व्यवसायिकता हासिल ग¥यो भन्ने कुरा सँधै ओझेलमा नै पर्ने गरेको देखिन्छ । व्यवसायसँगसँगै सन्तुष्टि हुनु पनि आवश्यक छ भन्छन् विगत २ बर्षदेखि स्यूचाटारमा नर्सरी व्यवसाय गरेर बसेका कुमार कार्की ।
उदयपुरका कार्कीले काठमाडौं स्यूचाटारमा ४ लाख लगानी गरेर पुष्प व्यवसायका लागि नर्सरी त शुरुवात गरे । नर्सरीलाई अझ राम्रो र व्यवस्थित बनाउनका लागि उनले १५ लाख रुपैयाँ लगानी गरिसकेका छन् ।
कार्कीको नर्सरीमा यतिखेर ४ सय जातका फूल तथा बोटविरुवा उत्पादन गरी विक्री वितरण गरिरहेका छन् । मौसमी तथा बेमौसमे फूलका विरुवाहरु पनि उनले उत्पादन गरिरहेका छन् । उपभोक्ताहरुले जस्तो चाहना राख्नु हुन्छ त्यस्तै चाहना अनुरुपका विरुवा पु¥याउने लक्ष्य अनुरुप काम गरेकै कारण उनले मासिक ८० हजारसम्म फूलहरु विक्री वितरण गर्दै आईरहेका छन् ।
हेर्दा सजिलो देखिएपनि फूलका बोट विरुवा उमार्न र त्यसको स्याहार गर्न अत्यन्तै गाह्रो भएको कार्कीको भनाई रहेको छ । फूलका बोट विरुवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बृद्धि भएका कारण पनि जति उत्पादन गर्न सकिन्थ्यो त्यो गर्न सकिएको छैन । नर्सरीका लागि चाहिने प्लाष्टिक, मल बीउको मूल्य पनि बढेको मात्र होइन अभाव पनि देखिन्छ । जसले गर्दा उपभोक्ताको माग अनुरुप फूल उत्पादन गर्न सकिएको छैन उनी भन्छन् ।
चर्को मूल्य बृद्धिका कारण नर्सरी व्यवसाय अत्यन्तै गाह्रो भएकोले सरकारले यसतर्फ केही ध्यान दिनु पर्दछ । सरकारले यसतर्फ ध्यान नदिने हो भने नर्सरी व्यवसाय गर्नेहरु विस्तारै पलायन हुन बेर लाग्दैन । कृषि पेशालाई हेर्ने दृष्टिकोण सकारात्मक नभएका कारण पनि युवाहरु विदेशीले क्रम जारी रहेको उनको तर्क छ । खाडी मुलुक जाने तम्सिएका युवाहरुलाई कृषि व्यवसाय तर्फ आकर्षण गर्न सकिन्छ तर सरकारले विदेशबाट आएकालाई मात्र महत्व दिएको हो कि भन्ने गुनासो पनि आएको छ । यसो गर्नु राम्रो होइन । विदेशबाट आउनेहरुलाई भन्दा बढी स्वदेशमा काम गर्नेहरुलाई बढी प्राथमिकता दिनु पर्दछ ।
कार्कीले भने जस्तै सरकारको कृषि अनुदान विदेशबाट फर्केका युवाहरुप्रति बढी महत्व भएको हो कि भन्ने शंका पनि गर्न थालिएको छ । तर, कार्कीले हार खाएका छैनन् । फुर्सदको समयमा पनि थोरै मेहनत ग¥यो भने केही धेरै नै उत्पादन गर्न सकिन्छ भन्ने विश्वास उनीमा छ । त्यसैले त कार्कीले नर्सरीमा एक जना कर्मचारी समेत राखेका छन् । कृषिसँग कुराकानी गर्दै उनी भन्छन् नर्सरीबाट नै सन्तुष्ट छु । यही नर्सरीबाट नै आफ्ना छोराछोरीलाई उचित शिक्षा दिलाएको छु । मेहनत गर्ने हो भने नर्सरीबाट नै जीवन निर्वाह गर्न सकिन्छ । खाडीमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशको माटो मलिलो बनाउने र फूलैमात्र उब्जनी गर्दा पनि भविष्य उज्वल हुने तर्क कार्कीको छ ।
कार्कीले जस्तै थोरै लगानी गरेर नर्सरीमात्र सञ्चालन गर्ने हो भने पनि स्वरोजगारका लागि र आयबृद्धिका लागि राम्रो स्रोत हुन सक्छ ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७१