बिहिबार, बैशाख २०, २०८१

बाँदरले मकै नष्ट गर्दा किसान चिन्तित

पाल्पा, १५ भदौ । पाल्पा जिल्लाका एक दर्जनभन्दा बढी गाविसमा बाँदरले मकैको घोगा कोपरिएर फालिदिँदा किसान चिन्तित बनेका छन् ।
वर्षभरी खाने मकै बाँदर कोपरेर मकै जथाभावी फालिन थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
पाल्पा जिल्लाको छहरा, सोमादी, सिद्देश्वर, बौघागुम्वा, बौघापोखराथोक, ख्याहा, अर्गली भैरवस्थान, फेकलगायतका गाविसमा बाँदरले किसानको वर्षभरीको खाने अन्न मकै नष्ट गरेको भैरवस्थान गाविसका यमबहादुर कुवँरले बताउनुभयो ।
बाँदरले बारीमा पाकेको मकै कोपरिदिने र बाँकी मकै जथाभावी फ्याकिदिएर नष्ट गरेको किसानको गुनासो रहेको छ ।
आफूले उत्पादन गरेको मकै बाँदरले खाइदिन थालेपछि चिन्तित बन्दै किसानले बाँदर आङ्तकबाट जोगिन नसक्दा मेहनेत जति खेर गएको दःु.खेसो गर्न थालेका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७१