आइतवार, बैशाख १६, २०८१

अनुदान सदुपयोग गर्न सचिवको आग्रह

jayaकाभ्रेपलाञ्चोक । कृषि सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रमा सरकारले दिएको अनुदान सही सदुपयोग हुनु पर्नेमा जोड दिनु भएको छ । कृषि विकास मन्त्रालय, कृषि विभाग मातहत रहेको माटो व्यवस्थापन निर्देशनालयको १ करोड १४ लाख अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डीनाला गाविस–१ मा रहेको नेपाल इन्टिग्रेटेड मोडेल एग्रो फार्म उत्पादन गरेको जैविक मलको कारखानाको उद्घाटन गर्दै सचिव खनालले सो कुरा बताउनु भएको हो । कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले माटोमा अम्लीयपना हुनु भनेको स्वस्थ उत्पादन नहुनु हो भन्दै यसलाई स्वस्थ बनाउन प्राङ्गारिक मलको उपयोगमा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सो कार्यक्रममा पशु सेवा विभागका निमित्त महानिर्देशक डा दामोदर सेढाईं, काभ्रेपलाञ्चोकका सभासद्द्वय कञ्चनचन्द्र वादे, रेशम लामा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेलगायतले प्राङ्गारिक मलको प्रयोग गर्न कृषकलाई आग्रह गर्नुभयो ।
फार्मबाट १० हजार मेट्रिक टन जैविक मल उत्पादन हुने लक्ष्य लिइएको छ । सो मलको बजार मूल्य प्रतिकिलोग्राम रु २० कायम गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७१