बिहिबार, चैत्र १५, २०८०

कृषि पर्यटन प्रर्वद्धनका लागि अन्र्तक्रिया

काठमाडौं, १३ भाद्र । जर्मनी संस्था GIZ मातहतमा रहेको सेन्ट्रल फर इन्टरनेशलन माइग्रेसन कार्यक्रमले विदेशबाट फर्किएकाहरुलाई कृषि उत्पादन र कृषि पर्यटनसम्म पु¥याउनका लागि काठमाडौंमा आज एक कार्यक्रमको आयोजना ग¥यो । नेपाली कृषि उत्पादनको क्षेत्रमा विदेशबाट फर्किएकाहरुलाई कसरी संलग्न गराउन सकिन्छ भन्ने Nrnसोचले सो अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा इजरायलबाट फर्किएर कृषि उत्पादनमा सक्रिय श्रीकृष्ण अधिकारीले इजरायल कृषि क्षेत्रमा काम गर्दा बमको त्रासमा वंकरमा लुकेर काम गरेको अनुभव सुनाउँदै मरुभूमिको देशमा कृषि क्षेत्रमा भएको विकास र प्रविधिका बारेमा आफूले लिएको ज्ञान र सीपलाई नेपालमा प्रयोग गरिरहेको बताउनु भयो । कार्यक्रममा नेपाली कृषि वैज्ञानिकका रुपमा परिचित डा. मदन राईले नेपाली कृषि क्षेत्रको विकासका लागि मुखले नभै कामले गर्नु पर्ने र अर्गानिक कृषिलाई नै जोड दिनु पर्नेमा युवा लक्षित हुनु पर्ने बताउनु भयो । राई प्रांगारिक खेतीका लागि किसानहरुमा जनचेतना जगाउने कार्यक्रमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको छ । उहाँले विदेशबाट आएको रेमिट्यान्स र विदेशबाट फर्किएकाहरुले युवाहरुले कृषिको विकल्प खोज्न नहुने समेत बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७१