आइतवार, बैशाख २३, २०८१

कृषिलाई कृृषि मन्त्रीेको बधाइ

काठमाडौं,८ भाद्र । कृषि साप्ताहिक प्रकाशन शुरु गरेको दोस्रो बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषि साप्ताहिककको सफलताको कामनासँग शुभकामना व्यक्त गर्नु भएको छ । गर्दै प्रकाशन गृह र कृषि साप्ताहिकलाई दुई बर्षसम्म निरन्तर प्रकाशनका लागि आवद्ध टिमलाई पनि बधाई दिनु भएको छ ।
download (1)कृषि क्षेत्रका समाचार आम नागरिक समक्ष पु¥याउन किसान र कृषिमा देखिएका समस्याहरुलाई समेत कृषि साप्ताहिकले उजागर गर्दै आईरहेकोले यसले अझ कृषि क्षेत्रको विकास लागि प्रस्तुत गर्नु पर्ने शुभकामना सन्देशमा उल्लखे गरिएको छ ।
कृषि साप्ताहिकले दुई बर्षसम्म विभिन्न आरोह अवरोध पार गर्दै कृषि र किसानका पक्षमा कलम चलाउन सफल भएकोले यसले अझ सशक्त ढंगले आफूलाई उभ्याएर उन्नन बीउ विन, प्रविधि र यान्त्रिकीकरणलाई समेत किसानसम्म पु¥याउने कुरामा आफू विश्वस्त रहेको समेत मन्त्री पराजुलीले बताउनु भएको छ।

download (1)

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७१