शनिबार, जेष्ठ ५, २०८१

कृषि साप्ताहिकलाई प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौं,८ भाद्र । प्रधानमन्त्री सुशिल कोइरालाले नेपालको पहिलो कृषि साप्ताहिकले दोस्रो बर्ष पूरा गरी तेस्रो बर्ष प्रवेश गरेको उपलक्ष्यमा बधाई एवं शुभकामना व्यक्त सन्देश दिनु भएको छ । कृषि साप्ताहिक २०६९ भाद्र ८ गतेदेखि प्रकाशन शुरु भएको थियो ।
downloadकृषि प्रधान देश भनिएपनि कृषि सञ्चार माध्यमहरु नभईरहेको अवस्थमा प्रकाशन शुरु भएको कृषि साप्ताहिकले कृषि क्षेत्रका समस्या केलाउने, समाधान पहिल्याउने र यसको सम्भावना देखाउने कार्य गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लखे गरिएको छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ –
कृषि पत्रकारहरुले खाद्य पदार्थ उत्पादन गर्ने जमीनदेखि उपभोग गर्ने मानिसको गाँस वा मुखसम्मको समग्र प्रकृयालाई आवद्ध गर्नुभयो भने कृषि पत्रिकाको दायरा निकै व्यापक हुनेछ । यसले आफ्ना पाठकलाई जीवनोपयोगी शिक्षा र सूचना दिन पाउनेछ । विश्वमा सूचना,प्रविधि र सञ्चारको क्षेत्रमा भएको अकल्पनीय विकासलाई हामीले हाम्रो कृषि पद्धति र किसानलाई लाभ दिन सक्ने गरी उपयोग गराउनु पर्दछ । संसारको जुनसुकै स्थानमा भएका कृषि सम्बन्धि अनुसन्धानका परिणाम, आविश्कार र विकासका कुरा हाम्रा किसान, कृषिजन्य पदार्थको व्यापारी र कृषिजन्य उत्पादनका उपभोक्ताको जानकारीमा ल्याउन कृषि पत्रकारहरु सक्षम हुने मेरो विश्वास छ ।
पत्रिकाको तेस्रो बर्ष प्रवेशका अवसरमा प्रकाशक र सम्पादन समूहलाई बधाई दिदै यसको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७१