बिहिबार, बैशाख १३, २०८१

कृषि सम्मान वितरण

काठमाडौं, ८ । पूर्व प्रधानमन्त्री झलनाथ खनाले नेपाली कृषि क्षेत्रलाई व्यवसायिकरणका लागि यान्त्रिकीकरण गर्नुे पर्नेमा जोड दिनु भएको छ । कृषि पत्रकार समाजले कृषि साप्ताहिकको बार्षिकोत्सवका अवसरमा आयोजिन कृषि सम्मान २०७१ प्रदान गर्दै सो कुरा बताउनु भएको हो । कार्यक्रममा खनालले पछिल्लो समयमा बढ्दै गईरहेको पशुपालन र व्यवसायिक तरकारीखेतीले मुलुकलाई केही मात्रामा भएपनि विकासका लागि परितर्वनको बाटोतर्फ लम्काउन मद्दत गर्ने बताउनु भयो । नेपाली कृषिलाई व्यवसायीकरण गर्नका लागि बजारीकरणमा ध्यान दिनु पर्ने भएकाले कृषि विकास मन्त्रालयले आफ्ना नीति र कार्यक्रमहरुलाई अझ विस्तार गर्नु पर्ने समेत बताउनु भयो ।
samaman 1६६ प्रतिशत जनता कृषिमा आत्मनिर्भर रहेको बताउँदै उहाँले यो क्षेत्रलाई विकास गर्न सके मात्र नेपाली अर्थतन्त्रको विकास गर्न सकिने बताउनु भयो । कार्यक्रममा खनालले नेपालमा कृषि बीमा नीति लागु गर्न महत्वपुर्ण योगदान गर्ने कृषि सचिव जयमुकुन्द खनाल, पहिलो पटक व्यवसायिक अष्ट्रिच पालन गर्ने सिपी शर्मा, नेपालको सवैभन्दा ठूलो गाई फार्म सञ्चालन गर्नु हुने शशी पौडेललाई कृषि सम्मान २०७१ प्रदान गर्नु भएको थियो ।
खनालले गरिवी निवारण र बेरोजगारी समस्या समाधान गर्नका लागि कृषि नै महत्वपूर्ण क्षेत्र भएको भन्दै नेपाली अर्थतन्त्रलाई बलियो बनाउनका पनि कृषि क्षेत्रको विकास अपरिहार्य भएको धारणा समेत राख्नु भयो ।
सो कार्यक्रममा पूर्व कृषि सचिव गणेश केसीले कृषि साप्ताहिकले कृषि क्षेत्रका काम गर्ने सम्पूर्ण व्यक्तिहरुलाई सजग गराउँदै कृषक समस्याहरुलाई आम जनता माझ ल्याउनका लागि महत्वपूर्ण कार्य गरेको बताउनु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्ण बहादुर कार्कीले नेपालको आर्थिक मेरुदण्डको एउटा हिस्सा रहेको कृषि क्षेत्रलाई समेटेर कृषि पत्रिका सञ्चालन गर्नु चुनौती रहेका धारणा राख्नु भयो । कृषि क्षेत्र आर्थिक विकासको मियो भएको भन्दै जवसम्म कृषिलाई बलियो बनाउन सक्दैनौ तवसम्म देशको विकास पनि हुन नसक्ने बताउनु भयो । किसानका कुरालाई सञ्चार माध्यमहरुले बाहिर ल्याउन सक्नु सो कार्यक्रममा बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्मा, पशु उतपादन निर्देशनालयका डा. विमलकुमार निर्मल, हिमाली आयोजनाका डा. अमर शाहले कृषि क्षेत्रको विकासका लागि कृषि साप्ताहिकले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७१