शनिबार, बैशाख २२, २०८१

मल्लिकलाई बिदाई

काठमाडौं ६ भाद्र । व्यवसायिक कृषि तथा व्यापार आयोजना सञ्चालक समितिका अध्यक्ष रहनु भएका मन्त्रालयका का.मु सचिव विजयकुमार मल्लिकलाई एक समारोह वीच आयोजना कार्यालयले विदाई गरेको छ । आयोजनाका अध्यक्ष रहनु भएका मल्लिकलाई नेपाल सरकारले केही दिन अगाडि मात्र कामु सचिवको जिम्मेवारी दिएर क्षेत्रीय प्रशासकका रुपमा मध्यपश्चिम सरुवा गरेको थियो ।
विदाई कार्यक्रममा बोल्दै मल्लिकले आफू जहाँ गएपनि कृषिलाई बिर्षन नसक्ने बताउनु भयो । कार्यक्रममा आयोजना निर्देशक योगेन्द्र कार्कीले कृषि विकास मन्त्रालय मातहतका विभिन्न कार्यालयमा रहेर ३० बर्षसम्म गर्नु भएको योगदानको चर्चा एवं प्रसंशा गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७१