बिहिबार, बैशाख १३, २०८१

पहिराबाट सवा करोडको कृषि उपजको क्षति

चौतारा, ६ भदौ । सिन्धुपाल्चोकमा गत साउन १७ गते गएको पहिराले मानवीय र भौतिक क्षतिका साथै कृषि उपजसमेत नोक्सान भएको छ । पहिरामा पुरिएर करिब एक हजार रोपनी जमिन र त्यसमा उत्पादन हुने धान, मकै, कोदोसमेत करिब रु एक करोड ३२ लाख मूल्यबराबरको क्षति भएको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो । अधिकृत पाण्डेका अनुसार करिब रु ८५ लाख मूल्यबराबरको धान, रु २४ लाख मूल्यबराबरको मकै र रु २१ लाख मूल्यबराबरको कोदो नोक्सान भएको छ । त्यसैगरी पुरिएका ११५ घरमा रु ८४ हजार मूल्यको धान, रु ४७ हजार मूल्यको मकै, रु सात हजार मूल्यको कोदो र रु १४ हजार मूल्यको तोरी नोक्सान भएको अनुमान गरिएको छ । सो. पहिरामा परी १५६ जनाको अवसान भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७१