शुक्रबार, बैशाख १४, २०८१

सडक क्षतिग्रस्त बन्दा किसानलाई दैनिक लाखौँ घाटा

इलाम, ३ भदौ । मेची राजमार्गअन्तर्गत साँखेजुङबाट मिलगोलाई हुँदै पुवामझुवा जाने कृषि सडक पहिरोका कारण क्षतिग्रस्त बन्दा दैनिक लाखौँ मूल्यबराबरको कृषि उपज नष्ट भइरहेको छ । निरन्तरको वर्षातका कारण सडकमा ठाउँ–ठाउँबाट पहिरो खस्दा कृषिजन्य सामग्री निकासीमा समस्या भएको हो । एक साताअघि अविरल वर्षाका कारण सडकमा पहिरो जाँदा पुवामझुवाबाट दैनिक एक हजार दुई लिटर दूध, दुई ट्याक्टर चिया, अदुवा, तरकारी निकासीमा समस्या भएको पुवामझुवा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष उदय खत्रीले बताउनुभयो ।
सडकमा खसेको पहिरो नपन्छाउँदा किसानलाई दैनिक रु एक लाखभन्दा बढी घाटा भइरहेको खत्रीले जानकारी दिनुभयो । पहिरो पन्छाउन कतैबाट पहल नभएकाले वर्षात कम भएपछि सहकारी संस्थाका सदस्य र स्थानीय बासिन्दाको सहयोग लिनुपर्ने सहकारी संस्थाले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७१