शनिबार, बैशाख ८, २०८१

युवालाई गाई, भैँसी, बङ्गुर र बाख्रापालनका लागि अनुदान

कञ्चनपुर, ३ भदौ । युवा लक्षित विशेष कार्यक्रमअन्तर्गत पशुसेवा कार्यालय कञ्चनपुरले दुई दर्जन युवालाई स्वरोजगारतर्फ डो¥याउन रु २१ लाख दुई हजार रकम अनुदान स्वरुप उपलब्ध गराएको छ । पशु उत्पादन निर्देशनालय हरिहर भवनको सहयोगमा यहाँका युवालाई गाई, भैँसी, बङ्गुर र बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराएको हो । विदेशबाट फर्केका युवाका लागि बजार प्रवद्र्धन गरिदिन रकम उपलब्ध गराइएको पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. मदन सिं धामीले बताउनुभयो । उहाँका अनुसार युवा लक्ष्यित विशेष पशु उत्पादन कार्यक्रमअन्तर्गत गाई, भैँसीपालन, डेरी पसल सुधार र फार्म सुधारका लागि १० जना युवालाई रु ५० हजारदेखि दुई लाखका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

“डेरी पकेट क्षेत्रका युवालाई अनुदान रकम दिएका छौँ,” अधिकृत धामीले भन्नुभयो । यसैगरी, बङ्गुरपालनका लागि पाँच जना युवालाई रु ३६ हजारका दरले, एक जनालाई रु ७२ हजार र बाख्रापालनका लागि एक जनालाई रु ५० हजार अनुदान रकम दिइएको छ । विदेशबाट फर्केका युवालाई रोजगारतर्फ उन्मुख गराउन बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत चार जना युवालाई रु दुई लाखका दरले रु आठ लाख अनुदान रकम दिइएको पशुसेवा कार्यालयले जनाएको छ । भीमदत्तनगरपालिका, बैलोरी नगरपालिका, पुर्नवास नगरपालिकासहित सुडा, दैजी, झलारी र कृष्णपुरका युवालाई दूध र मासुको उत्पादन बढाउन र रोजगारीका अवसर सिर्जना गर्न अनुदान रकम उपलब्ध गराइएको हो ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७१