आइतवार, बैशाख १६, २०८१

जाजरकोटमा मकैबाली सखाप

जाजरकोट, १ भदौ । बुधबारदेखि शुक्रबारसम्म परेको भारी वर्षाबाट आएको बाढी र पहिरोका कारण जुम्लाको सिमानासँग जोडिएको जाजरकोटको रोकायगाउँ गाविसको पारा र स्यालामा मकैबाली सखाप भएको छ ।
वर्षासँगै चलेको आँधीहुरीले पूरै मकैबाली नष्ट भएको छ । तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको आँधीहुरीले रोकायगाउँको पाटनसँग जोडिएका पारा र स्याला मूलसामका किसानले छ महिनासम्म खाने मकैबाली नै नष्ट पारिदिएपछि उनीहरूलाई निकै ठूलो मर्का परेको स्थानीय भूमिलाल रोकायले बताउनुभयो ।
मूलसाममा मकै, सिमी, गहुँमात्र उत्पादन हुने गर्दछ । धान नफल्ने भएका कारण यहाँका मानिस चामल किन्न तीन दिन हिँडेर सदरमुकाम आउने गरेको रोकायले बताउनुभयो ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१