शुक्रबार, बैशाख २१, २०८१

बर्दियाका ७० प्रतिशत खेती डुबानमा

बर्दिया, ३१ श्रावण । विगत केही दिनदेखि लगातार परेको अविरल बर्षाका कारण धानको राजधानी मानिने बर्दिया जिल्लाका अधिकांश खेती बाढीको डुवानमा परेका छन् ।
जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख हिक्मत कुमार श्रेष्ठका अनुसार बर्दियाका ७० प्रतिशत खेती योग्य भूमि बाढीको प्रकोपमा परेको छ । सो जिल्लामा ३० हजार मानिस प्रभावित भएको र प्रारम्भिक राहत वितरण भईरहेकोले कति खेती योग्य भूमि र बाली नाली नष्ट भए भन्ने कुरा यकिन गर्न गाह्रो भएको र एक साताभित्र मात्र यकिन गर्न सकिने बताएका छन् । सो क्षेत्रको खेती भईरहका जमीन अधिकांश डुवानमा परेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७१