शनिबार, बैशाख १५, २०८१

चिया उद्योगमा ऊर्जा खपत कम गरिने

इलाम, २५ साउन । चिया उद्योगबाट निस्कने कार्बनका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएपछि यस जिल्लामा कार्बन कटौती गरी उत्पादन गर्न थालिएको छ । बढी ऊर्जा खपत हुने चिया क्षेत्रबाटै कार्बन कटौती गर्न थालिएको हो । ऊर्जा खपत घटाउँदा उत्पादन लागत कम पर्ने, गुणस्तरीय उत्पादन तथा मानव स्वास्थ्यमा समेत असर कम हुने भएकाले जिल्लाका दुई दर्जन ठूला चिया कारखानाले ऊर्जा खपत कम गर्दै कार्बन कटौती थालेका हुन् । इलाम उद्योग वाणिज्य सङ्घले चिया कारखानामा हरियोपत्ती प्रशोधनका क्रममा बढी ऊर्जा आवश्यक हुने र त्यस समयमा रूख, कोइला तथा चिया प्रशोधन गर्दा हुने कार्बन घटाउँदै उत्पादन लागत घटाउन कारखानालाई जानकारी गराइरहेको छ ।

प्रकाशित मिति: आइतवार, साउन २५, २०७१