बिहिबार, चैत्र १५, २०८०

मनाङको उवा काठमाडौँमा बिक्री हुन थालेपछि कृषक उत्साहित

पोखरा, २५ साउन । मनाङ जिल्लामा उत्पादन भएको उवा (करु) काठमाडौँमा बिक्री हुन थालेपछि यहाँका कृषक उत्साहित हुन थालेका छन् । विशेषगरी मधुमेह र उच्च रक्तचापका रोगीलाई खानयोग्य तथा निकै स्वादिष्ट खाद्यान्न उवा पहिलोपटक नेपाल खाद्यान्न संस्थान अञ्चल कार्यालय पोखराले खरिद गरी काठमाडौँमा लगेर बिक्री गरेको थियो ।
संस्थानले १० मेट्रिकटन खरिद गरी काठमाडौँमा लगेको र प्रतिकिलो रु ५५ मा बिक्री भइरहेको बताइएको छ । जिल्लामा उत्पादित खाद्यान्नले राम्रो बजार पाएपछि यस जिल्लाका कृषकले यस वर्ष १८० हेक्टर क्षेत्रफलमा उवाको खेती गरेको जिल्ला कृषि विकास कार्यालय मनाङका बागवानी अधिकृत रामचन्द्र सेढार्इंले बताउनुभयो ।

प्रकाशित मिति: आइतवार, साउन २५, २०७१