बिहिबार, बैशाख २७, २०८१

साढे बाइस टन मह उत्पादन

बाबियाचौर (म्याग्दी), २५ साउन । यस जिल्लामा यस वर्ष साढे बाइस मेट्रिकटन मह उत्पादन भएको छ । अनुकूल मौसम र माहुरीपालन विस्तार भएकाले म्याग्दीमा मह उत्पादन बर्सेनि बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७०/७१ मा म्याग्दीमा २२ हजार ५०० किलोग्राम मह उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीका बाली संरक्षण अधिकृत घनश्याम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल म्याग्दीको घतान, पात्लेखेत, पिप्ले, पुलाचौरको डडुवा, चिमखोला, ज्यामरुककोट गाविसमा रहेका सातवटा समूहमा आबद्ध १४० जना कृषकले व्यावसायिक माहुरीपालन गरेका छन् ।

प्रकाशित मिति: आइतवार, साउन २५, २०७१