शुक्रबार, बैशाख १४, २०८१

विषादी मापनयन्त्र काठमाडाँै बाहिर पनि स्थापना गरिने

काठमाडौँ, ४ साउन । कृषि विकास मन्त्रालयले जिल्लामा रहेका कृषि तथ्याङ्क कार्यालयमार्फत कृषि पेसामा लागेकाको विवरण तयार गर्ने भएको छ ।

कृषकलाई बीउबिजन, मलखादलगायत अन्य आर्थिक क्षेत्रमा थप अुनदान तथा सहयोग गर्न परिचयपत्र वितरणका लागि कृषि तथ्याङ्क सङ्कलन गर्न लागिएको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
मन्त्री पराजुलीले तथ्याङ्क सङ्कलनका लागि रु एक करोड विनियोजन गरिएको जानकारी दिनुभयो । “हामी कृषकलाई परिचयपत्र वितरण गर्छांै । कृषि पेसाप्रति आम युवालाई आकर्षित गराउन विशेष राहतका कार्यक्रम नयाँ बजेटमा ल्याएका छाँै”, उहाँले भन्नुभयो ।
तरकारी तथा फलफूलले जनस्वास्थ्यका क्षेत्रमा पारेको असरलाई न्यूनीकरण गर्न आधुनिक विषादी मापनयन्त्र सुरुमा काठमाडाँैको कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा राखिएको र आगामी दिनमा देशका अन्य प्रमुख सहरमा राख्ने तयारी भइराखेको मन्त्री पराजुलीले जानकारी दिनुभयो ।
उहाँले कृषि क्षेत्रमा विनियोजन गरिएको २३ अर्बको बजेटले कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै विनियोजित बजेटले निर्धारण गरेका कार्यक्रम सबै कृषकको खेतबारीमा पुग्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति: आइतवार, साउन ४, २०७१