शुक्रबार, बैशाख १४, २०८१

क्षेत्रीय कृषि निर्देशनालयद्धारा सञ्चार संस्थालाई सम्मान

पोखरा, ३ श्रावण । कृषि क्षेत्रको विकास नै समग्र मुलुकको विकास भएकाले कृषि क्षेत्रको विकासका लागि सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक लेखनाथ आचार्यले बताउनु भएको छ ।
सूचना प्रविधिमा आधारित बजारमुखि कृषि उत्पादन अभियानमा सञ्चालनमा रहेका संस्थाहरुलाई आर्थिक सहयोग गर्न आयोजित कार्यक्रममा बोल्दै क्षेत्रीय निर्देशक आचार्यले सो कुरा बताउनु भएको हो । सो कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रमा कृषिको विकास र उत्थानका लागि क्रियाशील रहेको विभिन्न कृषि सहकारी, र सञ्चार माध्यमहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
प्रथम द्धितिय र तृतिय हुने सञ्चार माध्यमहरुमा रेडियोतर्फ सामुदायिक रेडियो दिदी बहिनी पर्वतलाई १५ हजार, बिजय एफ.एम नवलपरासीलाई १० हजार, सामुदायिक रेडियो मदनपोखरालाई ७ हजार सहित सम्मान पत्र उपलब्ध गराइएको थियो । सो कार्यक्रमा स्थानीय पत्रिकाहरुमा प्रथम र द्धितिय क्रमश ः आरसी टाइम्स पोखरा, धौलागिरी जागरण दैनिक बाग्लुङ्गलाई क्रमश १५ हजार र १० हजार सहित प्रमाणपत्र उपलब्ध गराईएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७१