आइतवार, बैशाख २३, २०८१

गोलभेँडा व्यवसायमा सक्रिय हुन आग्रह

ललितपुर, २ साउन । कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसीले गोलभेँडा बेचविखनका लागि बजार मूल्य सकारात्मक रहेकाले व्यवसायीलाई ढुक्कसाथ सक्रिय हुन आग्रह गर्नुभएको छ ।

कृषि व्यवसाय प्रवद्र्वन तथा बजार विकास निर्देशनालयको कार्यालयमा आज पत्रकारसम्मेलन गरी उहाँले हालको बेचविखन समस्यालाई दृष्टिगत गर्दा बुटवल र पोखरामा गोलभेँडाको थोक मूल्य रु १६ देखि ४० सम्म खरिद बिक्री हुनसक्ने सूचना प्राप्त भएको बताउनुभयो ।
सीमावर्ती तराई क्षेत्रमा आपूर्तिमा कमी आएकाले गोलभेँडाको थोक मूल्य रु ३० रहेको पाइएकाले सम्बन्धित निकायमा सम्पर्क गरी बिक्री वितरण गर्न सकिने महानिर्देशक जिसीले बताउनुभयो ।उहाँले पछिल्लो समयमा कालीमाटीस्थित तरकारी बजारमा विषादीको प्रयोग भए नभएकाबारे १८७ वटा नमूना परीक्षण गरिएकामा मुस्किलले आठवटामा मात्र विषादी पाइएको जानकारी दिनुभयो ।
केही दिनअघि कालीमाटीस्थित तरकारी बजार नजिक बाटोमा फ्याँकिएको गोलभेँडामा विषादीको परीक्षण नगरिएको र विभागको कमी कमजोरीले गोलभेँडा नफ्याँकिएको पनि उहाँले स्पष्ट गर्नुुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१