मङ्लबार, बैशाख २५, २०८१

रजवार र भट्टराई सचिव पक्का लामाको सम्भावना

काठमाडौं, ३ साउन । लोकसेवा आयोगले सचिव बढुका लागि गरेको सिफारिसका आधारमा कृषि विकास मन्त्रालयका दुई सह– सचिव, सचिव हुने करीव करीव पक्का भएको छ । पशु सेवा विभागका महानिर्देशक डा. नरबहादुर रजवार र मन्त्रालयमा नै कार्यरत उत्तम कुमार भट्टराई प्राविधिक समूहबाट जेष्ठताका आधारमा सचिव हुने देखिएको छ ।
त्यसैगरी समाबेशी प्राविधिक महिला तर्फबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवन प्रभा लामा पनि सचिव हुने सम्भावन बढेको छ । कार्यसम्पादन मूल्यांकनका आधामार आयोगले सिफारिस नगरेको भएपनि समाबेशीबाट लामा वरिष्ठ महिलाका आधार सचिव हुने संकेत देखिएको हो ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७१