शुक्रबार, बैशाख २१, २०८१

कृषि सचिव विरुद्व टनेलका नाइके

काठमाडौं, १ श्रावण । मह एग्रिकल्चरमा आवद्ध भएर इजरायली प्रविधिका नाममा युवा किसानहरुलाई चर्को मुल्यमा भारतबाट आयात गरिएका सामान विक्री गरी कमाउन पल्किएका मह एग्रिकल्चर ( नाम परिवर्तनको तयारीमा रहेको) मा कार्यरत खोजराज कट्वाल यतिखेर कालीमाटी तरकारी बजार अगाडिको चोकका गोलभेडा फालेर आफ्ना पुराना कर्तुत लुकाउने प्रयास गरिरहेका छन् ।
News photoत्यत्तिमात्र होइन कृषि क्षेत्रको विकासका लागि प्रतिवद्व भएर लागेका वर्तमान कृषि सचिव जयमुकन्द खनाल विरुद्ध समेत कट्वाल लागेका छन् ।
तीनै वदनाम हुँदै गएका कट्वालको नेतृत्वमा गत सोमबार कालीमाटीमा गोलभेंडा फ्याँकिएको थियो । टनेल व्यवसायी संघर्स समितिका नाममा गोलभेंडा फ्याँक्ने काममा काठमाडौंका अधिकांश टनेल व्यवसायीहरु संलग्न नरहेको र केही व्यक्ति र व्यवसायीहरुले गरेको सो प्रक्रियाको विरोधमा छन् । युनिटी समूहमा जोडिएर इजरायलमा रहेका नेपालीहरुसँग रकम असुली युनिटी ग्रुपलाई सरकारले प्रतिवन्ध लगाएपछि नेपाल फर्किएका खोजराज कट्वाल मह जोडीसँग जोडिएर काम गर्दै आइरहेका छन् । इजरायली प्रविधि भित्र्याउने नाममा धेरै किसानहरुलाई गुणस्तरहिन सामग्री बेच्न सफल भएका उनी यतिखेर कृषि सचिव विरुद्ध खनिएका हुन् ।
कृषि बजेट सन्दर्भमा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कालीमाटीमा गोलभेंडा फ्याँकिएको विषयमा प्रश्न उठेपछि त्यसबारे प्रष्ट पार्ने क्रममा कृषि विभागका महानिर्देशकले बिषादी विश्लेषण प्रयोग शाला स्थापना भएपछि बिषादी प्रयोग भएका कारण फ्याँकिएको हुन सक्ने आशंका गरेका थिए । सोही विषयमा सचिव जयमुकुन्द खनालले सो विषयमा कर्मचारीहरुलाई सोधखोजका लागि भनिसकेको बताउँदै गोलभेंडा फ्याक्नु भन्दा अन्य प्रयोजनका प्रयोग गरिएको भए किसानहरुलाई नै फाइदा पुग्ने बताउनु भएको थियो ।
तर त्यही विषयलाई लिएर यतिखेर टनेल खेती गर्ने किसानहरुलाई प्रविधिका नाममा चर्को मूल्यमा असुल गर्दै आईरहेका खोजराज कट्वाल भने कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाउने नाममा सचिव खनाल विरुद्ध उत्रिएका थिए । गोलभेंडाको राजनीति गरेर आफ्ना कर्तुत लुकाउन खोजेका कट्वालले इजरायलमा रहेका नेपालीहरुबाट रकम असुली युनिटी सदस्य बनेकाहरु यतिखेर नेपालमा उनी विरुद्ध लाग्न थालेका छन् । त्यसको पर्दाफास हुने नै छ ।

प्रकाशित मिति: बिहिबार, साउन १, २०७१