आइतवार, बैशाख २३, २०८१

हात्ती आतङ्क, धानबालीमा क्षति

चितवन, १९ असार । दुई पटक धान खेती गर्ने माडीका किसाहरुले भित्रयाउने बेला भएको धान हात्ति आतंकका कारण गुमाउनु पर्ने अवस्था आएको छ ।

लगातार चार दिनदेखि हात्ती बस्तीमा पस्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । आज बिहानमात्रै माडीको अमिलियामा हात्तीले दुई घर भत्काएको छ ।
होमबहादुर परियार र शुक्रबहादुर श्रेष्ठको घरमा हात्तीले क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।
चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले ३,४ दिनदेखि हात्ती बस्तीमा पस्न सुरु गरेकाले नियन्त्रणका लागि निकुञ्जका सुरक्षा अधिकारीहरु सक्रिय रहेको बताउनुभयो ।
माडीको अमिलिया र अयोध्यापुरीमा ३,४ वटाको समूहमा हात्ती देखापरेको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले बताउनुभयो । यो समयमा भित्रिन लागेको धान भएकाले धानखेतीमा क्षति पु¥याएको निकुञ्जले जनाएको छ । रातिको समयमामात्रै हात्तीहरु बस्तीमा पस्ने गरेकाले जनजीवन प्रभावित बनाएको छ । यहाँको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आतङ्क बर्सेनि बढ्दो छ । जसका कारण बर्सेनि दर्जनौँ मानिसले ज्यान गुमाउँदै आएका छन् ।

प्रकाशित मिति: बिहिबार, असार १९, २०७१