बिहिबार, बैशाख १३, २०८१

सिन्धुपाल्चोकमा २० प्रतिशतमात्र धान रोपाइ

सिन्धुपाल्चोक, १९ असार । पर्याप्त बर्षनभएका कारण असारको दोस्रो साता बितिसक्दा पनि जिल्लामा करिब २० प्रतिशतमात्र धान रोपाइ“ हुन सकेको छ । असारको पहिलो साता बर्षा भए पनि त्यसपछि राम्ररी बर्षा नभएका कारण अधिकांश जग्गामा धान रोपाइ“ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत यादव सापकोटाले जानकारी दिए ।
बर्षाको अभावमा गत वर्ष पनि यो समयमा करिब ३० प्रतिशत जग्गामा मात्र धान रोपाइ“ भएको थियो । सिचाइको अभावमा जिल्लाका किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आए पनि विगत केही बर्षयता खेती गर्ने समयमा बर्षा नभएपछि किसानहµ मार खेप्दै आएका छन् । जिल्लाका करिब ८० प्रतिशत मानिस कृषि पेसामा संलग्न रहेको जिल्ला विकास समितिको तथ्याङकले देखाएको छ । बर्षाको अभावमा अधिकांश खेतीयोग्य जग्गा बाझो रहदा किसान चिन्तित बनेका छन् । जिल्लाका किसानले बर्षाको अभावमा विगत तीन बर्षयता खडेरीको मार खेप्दै आए पनि सरकारले कुनै राहत नदिएको गुनासो गरेका छन् । बर्षको अभावमा धान रोपाइ“मा केही ढिलाइ भए पनि बर्षा हुने समय अझै बाकी रहेकाले अहिले नै निरास भइहाल्नुपर्ने अवस्था नरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको माथिल्लो भेगमा खुमल ४ र ८ तथा तल्लो भागमा मकवानपुर जातका धानका बीउ लगाउने गरेको कृषि प्रसार अधिकृत सापकोटाले जानकारी दिए । – तिलक पुरी

प्रकाशित मिति: बिहिबार, असार १९, २०७१