आइतवार, बैशाख २३, २०८१

पशु स्वास्थ्य कर्मीको आन्दोलन फिर्ता

काठमाडौं, १९ असार । लामो समयदेखि आन्दोलनमा उत्रिएको नेल्भाको आन्दोलन स्थगित हुने भएको छ । नेल्भाले उठाएका जायज मागहरुलाई सम्वोधन गर्न सरकार प्रतिवद्ध भएपछि नेभ्लाले आन्दोलन स्थगित गर्ने जनाएको छ । कृषि विकास मन्त्रालयमा भर्खरै सम्पन्न त्रिपक्षिय वार्तामा सरकारले नेभ्लाको मागहरु सम्वोधन गर्ने बचन दिएपछि आन्दोनल फिर्ता लिन राजी भएको कृषि विकास मन्त्रालयका सहसचिव उत्तम कुमार भट्टराईले कृषि अनलाईनलाई बताउनु भयो ।

देशभरी पशु स्वास्थ्य सेवा प्रवाहित हुने गरी आन्दोलनमा उत्रिएको नेभ्लाका कतिपय मागहरु सम्वोधन गर्न नसकिने भएपनि जायज मागहरु पूरा गर्न सरकारले प्रतिवद्धता जनाएको छ । भोलीदेखि पशु स्वास्थ्य सेवाका कार्यहरु नियमित सुचारु हुने छन् सहसचिव भट्टराईले बताउनु भयो ।
मन्त्रालयमा भएको बार्ता सो नेपाल भेटेरीनरी एशोसिएनका पदाधिकारीहरुले भने उपस्थिति जनाएका छैनन् । सरकारले वार्ताका लागि आब्हान गरेको भएपनि सो वार्तामा बस्नुको कुनै औचित्य नभएकोले आफूहरुले सो वार्तामा उपस्थिति नजनाएको भेटेरीनरी एशोसिएसनका अध्यक्ष डा. रामकृष्ण खतिवडाले बताउनु भयो । सरकारले पारा भेटेरीनरीयनहरुलाई परिषदेमा लगोर पशु चिकित्सकहरुलाई पाखा लगाउने कार्य गरेमा आफूहरुले पशु चिकित्सा परिषद् नै छोड्न सक्ने खतिवडाले बताउनु भयो ।
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालको रोहबरमा वार्ता सम्पन्न भएको र नेभ्लाले उठाएका सात वटा मागहरु सम्वोधन गर्न सरकार राजी भएपछि आन्दोलन फिर्ता लिएको नेभ्लाका अध्यक्ष पूर्ण बहादुर बुढाले बताउनु भयो । कृषि विकास मन्त्रालयमा मौजुदा अवस्थामा रहेको नेपाल पशु चिकित्सा ऐन २०५५ को संशोधित एकीकृत मस्यौदा २०७० का लागि नेभ्लाद्धारा उठाइएका मागहरुलाई यथोचित सम्वोधन गरी मन्त्रालयले १ महिना भित्रै स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएकोले आन्दोलन फिर्ता गरी आफूहरु नियमति काममा फर्केको महासचिव रामप्रसाद मेहताले बताउनु भयो ।

प्रकाशित मिति: बिहिबार, असार १९, २०७१