शनिबार, बैशाख १५, २०८१

मसाला विरुवाका सट्टा फलफूलका विरुवा

बर्दिवास, २० असार । महोत्तरी जिल्लाको सुदूर दक्षिणपश्चिमवर्ती सुन्दरपुर गाविसका युवाले मसाला (इक्युलिप्टिस) रूख रोपिएका ठाउँमा अन्य जातका बहुपयोगी बिरुवा रोप्ने अभियान नै चलाएका छन् ।
मसाला रोपिएका ठाउँमा पानीका मुहान सुकेका र जग्गाको उर्वराशक्ति घटेको बताउँदै त्यहाँका युवाले आँप, लिची, कटहर (रूख), अनार, सपातो लगायतका फलका बिरुवा रोप्ने अभियान चलाएका हुन् ।
मसालाका रूख हटाएर फलका बिरुवा रोप्ने त्यहाँका युवाको अभियानमा पाँच दिनभित्रै एक हजार बिरुवा रोपिएका अभियान सञ्चालनकर्ता हनुमान युवा समूहमा आबद्ध युवाको भनाइ छ । पछिल्ला केही वर्षयता अभियानकै रूपमा मसालाका बिरुवा रोपिएपछि ती हुर्कदै जाँदा सिमसारक्षेत्र, जलाधारक्षेत्र र नदी कुवासहितमा पानी सुकेकाले आपूmहरूले त्यसको ठाउँमा बहुपयोगी (फल, काठ र घाँसका लागि प्रयोग गर्न सकिने) फलका बिरुवा रोप्ने अभियान सुरु गरेको समूहका संयोजक विनोद यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७१