शुक्रबार, बैशाख १४, २०८१

विश्रान्ति मिठाई पसलमा सिलवन्दी

काठमाडौं, १७ असार । अखाद्य पदार्थ मिसिएको दूषित खाद्य पदार्थ विक्री विरतण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको मैतिदेविमा रहेको विश्रान्ति मिष्ठान्न भण्डारमा सिलबन्दी गरेको छ।
सो भण्डारले दूषित तथा अखाद्य पदार्थ मिसाएर उपभोक्ताहरुलाई खाद्य सामग्री विक्री वितरण गरेको उजुरी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छापा मार्दा विश्रान्ति मिष्ठान्न भण्डारमा दुषित खाद्यान्न विक्री वितरण गरिरहेका पाईएपछि सोही अभियोगमा पसलमा सिलबन्दी गरी कानूनी कार्वाही अगाडि बढाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइरालाले बताउनु भएको छ ।

प्रकाशित मिति: मङ्लबार, असार १७, २०७१