आइतवार, बैशाख २३, २०८१

मुख्य सचिवद्धारा अदुवा प्रशोधन केन्द्र उद्घाटन

बनेपा, १६ असार । अदुवाको निर्वाहमुखी खेती गरेका कृषकले अब आधुनिक ढङ्गले अदुवाखेती गर्ने भएका छन् ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र साना किसान सहकारी संस्था लिमिटेडले संयुक्त रूपमा पाँचखाल नगरपालिका–१४ स्थित अनेकोटमा अदुवा उत्पादन प्रशोधन तथा बिक्री वितरण केन्द्र स्थापना गरेपछि उनीहरूले व्यावसायिक खेती गर्ने भएका हुन् ।
सो प्रशोधन केन्द्रको आज अनेकोटमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले उद्घाटन गर्दै कृषकले बुद्धि पु¥याएर काम नगरे प्रतिफल पाउन नसकिने उल्लेख गर्दै प्रशोधन केन्द्रबाट कृषकले लाभ लिन सक्नुपर्छ भन्नुभयो ।
Mukhya schiv1व्यापार आयोजनाका निर्देशक योगेन्द्रकुमार कार्कीले कृषिमा व्यावसायीकरण भए ग्रामीण अर्थतन्त्रको विकास हुन्छ भन्नुभयो ।
साना किसान सहकारी संस्था लिमिटेडको रु १५ लाख १२ हजार ८३२ र कृषि तथा व्यापार आयोजनाको रु सात लाख ४० हजार ९२१ कुल लगानीमा चारकोठे एकतले भवन निर्माण भएको थियो ।
‘‘पहिले निर्वाहमुखी खेती गरिरहेका थियाँै पछि आयोजना लागू भएपछि व्यावसायिक रूपमा खेती गर्न लागेका छाँै’’ सहकारी संस्थाका पूर्व अध्यक्ष कृषक बासुदेव कोइरालाले भन्नुभयो ।
वार्षिक दुई लाख ८० हजार किलोग्राम अदुवा उत्पादन गर्ने लक्ष्य भएको जानकारी दिँदै उहाँले केन्द्रबाट अदुवाको प्रशोधन र बजारीकरणमा सहयोगको अपेक्षा गर्नुभयो ।
सो प्रशोधन केन्द्रका लागि सुठो मेसिन, बोक्रा छोडाउने मेसिन, प्याकिङ मेसिन र पिलर मेसिनलगायतका मेसिनसमेत कृषकलाई उपलब्ध गराइएको छ ।

प्रकाशित मिति: सोमवार, असार १६, २०७१