शनिबार, जेष्ठ ५, २०८१

लाखौं खर्चेर धान दिवस मनाउँदf दुई प्रतिशत रोपाइँ भएन

महोत्तरी, १६ असार । सरकारी निकायले असार १५ गते धान दिवस भव्यताका साथ लाखौं रुपैयाँ उडाएर मनाए । तर, महोत्तरी बासीले भने यो बर्ष बाँझो जमीन हेररै धान दिवस मनाए । असार दोस्रो साता बितिसक्दा पनि जिल्लामा दुई प्रतिशत पनि रोपाइँ हुन नसकेपछि यो अवस्था आएको हो । रोपाइँ भएका ठाउँको अवस्था पनि खासै राम्रो नभएको किसानले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालय महोत्तरीका अनुसार जिल्लामा धान ५० हजार हेक्टर क्षेत्रफल जमिनमा हुने गर्छ । विगत एक दशकमा यसको खेती भने घटेको छ । लहलह धान झुल्ने जग्गा बाँझो रहने गरेका छन् । उत्पादन घटेको छ । नयाँनयाँ रोग किराले पनि धानखेतीलाई गाँजेको छ ।
कार्यालय प्रमुख शङ्करप्रसाद साहका अनुसार विगत दुई वर्षदेखि ३० देखि ३५ हजार क्षेत्रफलमा मात्र धानखेती हुने गरेको छ । सुख्खा, बाढी, भूक्षय, मजदुर अभावजस्ता समस्या धानखेतीको मुख्य बाधक मानिएको छ । समयमा मल उपलब्ध नहँुदा किसानमा पहिले जस्तो उत्साह देखिँदैन । क्षेत्रफल घटेपछि उत्पादनमा समेत उल्लेख्य ¥हास आएको साह बताउनुहुन्छ ।
आइतबार सुदूरउत्तरवर्ती खयरमारामा ११औँ धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । खयरमारा सिँचाइ सुविधा भएको गाविसमध्ये पर्छ । स्थानीय लक्ष्मीप्रसाद चौलागाईंका अनुसार दुई दिनअघि खयरमारा खोलामा आएको बाढीले खानेपानीको मुहान बगाउँदा तीन वटा वडाका १५० परिवारलाई समस्या भएको छ ।

प्रकाशित मिति: सोमवार, असार १६, २०७१