मङ्लबार, बैशाख २५, २०८१

११ औं धानदिवस आज

काठमाडौं,१५ असार । धान खेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्युनकिरण भन्ने मूल नाराका साथ आज मुलुक भर एघारौं राष्ट्रिय धान दिवस सम्पन्न हुन गईरहेको छ । एघारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समिति २०७१ को आयोजक रहेको कृषि विभागले यस पटको धान दिवस ललितपुरको लेले गाविसमा मनाउन लागेको छ । नेपालमा पनि धान नै प्रमुख खाद्यान्न बाली भएकाले खाद्य सुरक्षाका लागि धान खेतीको ठूलो महत्व भएको भएपनि पछिल्लो समयमा धान उत्पादन घट्दै गएको धान विज्ञहरुले नै बताउन थालेका छन् ।
नेपालको कूल जनसंख्याको करीव ६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको कृषि मन्त्रालयको तथ्यांकमा भएपनि ३३ प्रतिशत कूल ग्रार्हस्थ उत्पादन कृषि क्षेत्रबाट नै हुने र २१ प्रतिशत योगदान धानको रहेको समेत कृषि विभागले जनाएको छ । तर नेपालमा धान उत्पादन घट्दै गईरहेका बेला मनाउन लागिएको ११ औं धानदिवस दिवसका रुपमा मात्र सम्पन्न नभई आम किसानहरुलाई आधुनिक प्रविधि सहित धान उत्पादन बढाउने तर्पm लाग्नु आजको आवश्यकता भएको छ ।

प्रकाशित मिति: आइतवार, असार १५, २०७१