आइतवार, बैशाख २३, २०८१

मह एग्रिकल्चरमा युवा स्वरोजगारको रकम खोजी हुने

काठमाडौं, असार १५ । कृषि क्षेत्रमा मह एग्रिकल्चरको नाम विस्तारै बदनाम हुन थालेपछि कलाकार हरिवंशले आफ्नो लगानी फिर्ता लिएको केही समय पुग्न नपाउदै मदनकृष्ण श्रेष्ठको भने छोरा यमनले जिम्मा लिएका छन् । कृषि साप्ताहिकस“ग कुरा गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो पुर्खौैली जग्गामा सञ्चालन भईरहेको मह एग्रिकल्चरको नाम फेरिने भएपनि त्यसलाई छोराले नै नियमित गर्ने बताएका छन् । सो फार्मका अर्का लगानीकर्ता खोजराज कट्वालले मह जोडीको नाम भजाएर नाम बदनाम गर्न थालेपछि मह एग्रिकल्चरको नाम फेर्ने तयारी गरिरहेकै बेला अमेरिकाबाट फर्किएका मदनकृष्णका छोरा यमन श्रेष्ठ यतिखेर फार्ममा प्रवन्ध निर्देशक बनेका छन् ।
यमन श्रेष्ठ प्रवन्ध निर्देशक भएपनि विगतमा मह एग्रिकल्चरका नाममा सरकारी आयोजना तथा विदेशी दातृ निकायहरुले दिएको अनुदान खोजी हुने भएको छ । विशेष गरी युवा स्वरोजगार कोषको रकम हिनामिना भएको भन्दै कोषले सो रकमको छानविन गर्ने तयारी गरिरहेको बुझिएको छ । कोषका एक पदाधिकारीले बेरोजगार युवाहरुलाई रोजगारी श्रृजना गर्नका लागि उपलब्ध गराईएको रकम मह एग्रिकल्चरमा कसरी गयो भन्दै शंका व्यक्त गरेका छन् । उनले भने मह जोडी सरकारी अनुदान लिने पक्षका होइनन् तर कसरी गयो भन्ने विषयमा आपूmहरुले अनुसन्धानको तयारी गरिरहेको बुझिएको छ । युवा स्वरोजगार कोष मात्र होइन अन्य निकायमा पनि यसले खुल्दुली मच्चाएको छ । स्वरोजगार कोषले छानविन गर्न थालेपछि महको नाममा रकम लिन पल्किएका कट्वाल भने छट्पटिन थालेका छन् ।

प्रकाशित मिति: आइतवार, असार १५, २०७१