शुक्रबार, बैशाख १४, २०८१

किसानलाई निःशुल्क अलैँचीका विरूवा

इलाम, १४ असार । जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्करूपमा अलैँचीको विरूवा वितरण गर्न थालेको छ । सूर्योदय नगरपालिकास्थित पान्दाम, जिर्मलेको सलकपुर र मावुमा उत्पादन गरिएको विजु (बीऊबाट उमारिएको) विरूवा धमाधम वितरण गर्न थालिएको हो । पूर्व क्षेत्रका इरांैटार, कोल्बुङ, पञ्चकन्या, पशुपतिनगरतर्फ सलकपुर, मङ्गलबारे, साँखेजुङ, पुवाझुवा, चमैताका लागि मावुबाट र ताप्लेजुङ, पाँचथर, कास्की, लमजुङ, पर्वत, नुवाकोटलगायतका जिल्लाका लागि जिल्ला कार्यालयबाट विजु विरूवा वितरण गरिएको कार्यालयका नायव सुब्बा उद्वव पौडेलले जानकारी दिनुभयो ।
रामसाई, गोलसाई, डम्बरसाई र जिर्मले जातको विरूवा कार्यालयले खरिद गरेर किसानलाई वितरण गरेको हो । रु पाँच सयदेखि रु एक लाखसम्म विरूवा कार्यालयले ७० जनालाई वितरण गर्ने जनाएको छ । बीस रोपनीका लागि १२ हजार विरूवा वितरण गर्ने पौडेलले बताउनुभयो । समुद्री सतहको आधारमा माथिल्लो क्षेत्रका लागि रामसाई, मध्य उचाइका लागि गोलसाई र तल्लो क्षेत्रका लागि अन्य जातको विरूवा वितरण गरिएको छ । जिल्लामा उत्पादन गरिएको विरूवाले मात्र नपुगेपछि पा“चथरबाट समेत विरूवा माग गरिएको छ ।    -कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, असार १४, २०७१